काठमाडौं - प्रतिनिधिसभाको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले आज पनि मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको जनाइएको छ ।

विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधवारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् । 

यसअघि जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराएका छन् ।