काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि काठमाडौंमा हुने गणतन्त्र पक्षधर र राजावादी पक्षको प्रदर्शनमा पार्टीको सहभागिता नहुने जनाएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले प्रदर्शनमा सहभागी नहुने बारेमा प्रस्ट पारेका हुन् ।
भोलिका दुवै प्रदर्शन सरकारविरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने रास्वपाको तर्क छ ।
रास्वपाले यसअघि गत १२ चैतमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने विज्ञप्तिमार्फत जनाएको थियो ।
त्यसबेला रास्वपाले विज्ञप्तिमा भनेको थियो, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ ।’


0 comment