काठमाडौं - प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको बैठकमा विपक्षी दलहरुले गरेको अवरोधका कारण आधा घण्टा भन्दै सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।

त्यसपछि तोकिएको समयमा बैठक बस्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा नियमावलीअनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए बैठक स्वतः स्थगित हुन्छ । यही व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेटअघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए ।

तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भोलि बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरे ।