काठमाडौं - गणतन्त्रवादी नेताहरुको भ्रष्ट कृयाकलाप र एकपछी अर्को गर्दै मुलुक र जनतालाई वेवास्ता गरी व्यक्तिगत स्वार्थपुर्तिका लागी निर्णयहरु गर्दै सत्ताको दुरुपयोग गर्न थालेपछी वर्तमान संसदीय व्यवस्था माथी नै प्रश्न चिन्ह खडा भएको छ । मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भएपनी जनताको अवस्था परिवर्तन नभएको र मुलुकको राष्ट्रीयता माथी नै संकट आएको भन्दै एकातिर परम्परागत राजावादी शक्तिहरु आन्दोलनमा उत्रीएका छन् । अर्कातर्फ विभिन्न दलहरुमा आवद्ध नेताहरु तथा स्वतन्त्र व्यक्तिहरुको वृहत भेलाले मुलुकलाई यथास्थितीबाट निकास दिने उद्देश्यले देशभक्त राष्ट्रवादी प्रजातान्त्रीक मोर्चा बनाई आन्दोलनमा उत्रने तयारी गरेका छन् । हिन्दू धर्मा संस्कृती र समाजसेवाको क्षेत्रमा चर्चित व्यक्तित्वका रुपमा रहेका किशोरी महत्तोको संयोजकत्वमा मोर्चा गठन गरी वत्तिसपुतलीस्थित तपस होटलको सभाकक्षमा वृहत अन्तर्कृया सम्पन्न गरेको छ । 

समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका सामाजिक अभियन्ताहरु, वरिष्ठ राजनीतिज्ञ, कलाकार, वुद्धिजीवी, युवा विद्ध्यार्थीसहितको उपस्थितीले खचाखच रहेको सभा कक्षमा चैत १२ गते मंगलबार मोर्चाको विधिवत घोषणा गर्दै भ्रष्ट राज्यसत्ताको अन्त्य गर्दै मुलुकमा संवैधानिक राजसंस्था सहितको हिन्दू राज्य स्थापना गर्ने बताए । मुलुकको राष्ट्रीयता खतरआमाअ परेको, विदेशी चलखेल बढेको, सबैतिर लुटतन्त्र बढेको, ठुला पार्टीहरु हावी भएको, व्राह्मणवादले राज्यसत्ता प्रभावित भएको, जनता गरिबी र बेरोजगारीको मारमा परेको, युवाशक्ति पलायन भएको, अर्थतन्त्र धराशायी भएको र वैदेशिक ॠणमा देश चुर्लुम्म डुबेकोले अब शान्तिपुर्ण आन्दोलनबाट मुलुकको सत्ता परिवर्तन गरी देशलाई नयाँ बाटोमा लैजान सबै एकजुट बन्नुपर्छ भन्दै महत्तोले सम्पुर्ण जनतासँग अपिल गरेका छन् । महत्तोले प्रमुख अतिथीको आसनमा रहेका प्राज्ञ जगमान गुरुङलाई मोर्चाको संरक्षक घोषणा गरेका थिए ।   

सभापतिको आसनमा रहेका मोर्चाको कार्यकारी संयोजक क्याप्टेन कुल बहादुर लिम्बुले किँरातेश्वर महादेवद्वारा रक्षित नेपाली भूमीमा सनातन धर्म संस्कृतीको संरक्षण गर्न सक्ने व्यवस्थाको खाँचो रहेको बताए । चौतर्फी भ्रष्टाचार वेथिती बढेको र मुलुकमा भ्रष्टाचारका अनगिन्ती काण्डै भएकले वर्तमान नेताहरुलाई अबपनी सत्तामा राख्ने हो भने देश थप वर्वादिको बाटोमा जाने भएकाले सम्पुर्ण जनता एकजुट भएर यिनीहरुलाई सत्ताबाट तत्काल लखेटेर नयाँ व्यवस्थाको सुत्रपात गर्न ढिला भएको बताए । उनले विभिन्न पार्टीमा भएका नेता कार्यकर्ताहरुलाई राष्ट्रीय झण्डामुनी गोलबन्ध गरी देशभक्त राष्ट्रवादी प्रजातान्त्रीक मोर्चाले घोषणा गरेका कार्यक्रमहरुमा सहभागी हुन आग्रह गरे । 

प्रमुख अतिथी डा. जगमान गुरुङले मुलुकको राष्ट्रीयता र धर्म संस्कृती बचाउन अभिभावकको भूमिकामा राजसंस्था रहनुपर्नेमा जोड दिए । राजाले साथ दिन जनतासँग आग्रह गरेकाले सबैले साथ दिनुपर्छ भनेका थिए । पुर्व उपप्रधानमन्त्री तथा माले महासचिव सी. पी. मैनालीले सबैखाले राष्ट्रवादी देशभक्त शक्तिहरु एक भएको खण्डमा मात्र मुलुकको राष्ट्रीयता जोगिने बताए । भ्रष्टाचार, राष्ट्रघात र वैदेशिक ॠणले मुलुक थलिएकाले अब आन्दोलनको विकल्प नरहेको बताए । कार्यक्रममा पुर्वमन्त्री विपिन कोइराला, मोर्चाका वरिष्ठ सल्लाहकार देवराज अधिकारी, पुर्वमन्त्री दिनबन्धु अर्याल, राधेश्याम थापा, वरिष्ठ गायिका मिरा राणा, धर्म गुरु चन्द्र प्रकाश शेर्मा लिम्बु, किशोर चापागाईं, वरिष्ठा पत्रकार, जीवराम भण्डारी, राप्रपा नेपालका नेता तारानाथ लुईंटेल, योगी नरहरीनाथ ट्रष्टका अध्यक्ष शंकर पौडेल, नेवा एकता समाजका अध्यक्ष राजु व्यञ्जनकार, नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह लगायतले आसन ग्रहण गर्दै अन्तर्कृयामा सहभागिता जनाएका थिए । 

कार्यक्रममा मकवानपुरका दिनेश वाईवालाई युवाहरुको चिफ कमाण्डर घोषणा गर्नुका साथै विभिन्न जिल्लाका संयोजक तोकिएको थियो । कवी भोला बराल, शिव औतारी लामा, घनेन्द्र बस्नेतअ, राम भण्डारी, विजरी खड्गी लगायतले कार्यक्रममा मन्तव्य प्रस्तुत गर्दै वर्तमान राज्यसत्ताको भण्डाफोर गरेका थिए ।