काठमाडौं - सत्तारुढ दलको बैठकअहिले बालुवाटारमा बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्‌मा विचाराधीन कानुनहरुको निर्माणलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै कुलमानको बर्खास्तीको विषयलालाई लिएर विपक्षी दलहरुले सदनमा गरेको अवरोधका विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईसहित सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलका नेताहरुको उपस्थिति छ ।