काठमाडौं - प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

सभामुख घिमिरेले सदन सञ्चालनको वातावरणका लागि विपक्षी दलहरुलाई पटकपटक आसन ग्रहण गर्न आग्रह गरेका थिए ।तर, उनीहरु सदनमा उभिरहेपछि बैठक स्थगित गरिएको हो । बुधबारको बैठक सुरु हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका छन् ।