काठमाडौं - सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्ले गरेका २७ निर्णयबारे जानकारी गराएका छन् ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक  कुलमान घिसिङलाई हटाएर  हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ।

यस्तै बैठकले सहसचिव  विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गरेको छ।

विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।

यस्ता छन् मन्त्रिपरिषद् निर्णय :