काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् ।

संसद्को सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा उनले आफूले योग्य मान्छे छानेर प्राधिकरणको नेतृत्वमा पठाएको दाबीसमेत गरे ।

‘विद्युत् प्राधिकरणको एमडीले काम गर्न नसकेको आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन । सरकारलाई अनुरोध गर्न चाहन्छु, यो निर्णय सच्याओस्,’ उनले भने, ‘मैले बजारबाट योग्यतम् मान्छे छानेर बनाएँ । सरकारले ठुलो गल्ती गर्‍यो । भोलि पश्चाताप हुनेछ ।’

घिसिङलाई हटाउने निर्णय सरकारले नसच्याए पश्चाताप हुने उनको भनाइ छ ।