काठमाडौं -  नेकपा एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको विवादास्पद अभिव्यक्तिको बचाउ गरेको छ ।

महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै गत चैत ४ गतेको सचिवालय बैठकसँग सम्बन्धित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

विज्ञप्तिमा ओलीको अभिव्यक्तिलाई अतिरञ्जित र दुराशयपूर्ण रहेको भन्दै त्यसले नेपाल र भारतबीचको सद्भाव र पुरानो सम्बन्धमा अनावश्यक आशंका बढाउन सक्ने उल्लेख छ । एमालेले भारतीय पक्षसँगको सम्बन्धलाई प्रगाढ बनाउन प्रतिबद्ध रहेको र कूटनीतिक माध्यमबाट कुनै पनि समस्याको समाधानको पक्षमा रहेको जनाएको छ ।

सचिवालय बैठकमा ओलीले भारतीय पक्षले आफूलाई पदबाट हटाउन जासुसहरू परिचालन गरेको दाबी गरेका थिए ।