काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित नहुने बताएका छन् । दाहालले आइतबार  सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै फोटो जलाउँदैमा  पक्राउ गरिहाल्न नहुने बताएका हुन्।

दाहालले भनेका छन्- ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’ 

दाहालको तस्बिर जलाएको आरोपमा प्रहरीले आइतबार भरतपुरबाट  राप्रपाको युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरेपछि दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्। उनले शनिबार हेटौंडाको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाएका थिए।