काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (बिहीबार) अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी बिहीबार नयाँदिल्ली पुगेको राणाको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत शंकर शर्माले स्वागत गरेका थिए ।
मन्त्री राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँदिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
मन्त्री राणाले यही मार्च १७ मा उदघाटन हुने कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ नामक अलग-अलग सेसनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । साथै राणाले यसैअन्तर्गत डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
0 comment