काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन् ।

 लागूपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वय गर्नुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश प्रहरीद्वारा आज  आयोजित  ‘अबको युद्ध दुर्व्यसनीविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्दै उनले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।  

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने बताए ।