काठमाडौं - प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगन भएको छ ।
सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरे।
सांसद् पाण्डेले सरकारले सदनलाई हेपिरहेको र संसदमा सरकारको प्रतिनिधि कोही पनि नभएको बताए । उनले प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन् भन्दै सरकारको उपस्थिति नभइकन आजको बैठकको गतिविधि अघि नबढाउन आग्रह गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरे।
0 comment