काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक माहोलमा राजतन्त्र फर्किने कुनै संकेत नभएको बताएका छन्। उनले सोमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै देशभर राजतन्त्रको पक्षमा हल्ला मात्र भइरहेको र त्यसलाई गम्भीरता नदिन आग्रह गरे।
‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, देउवाले भने, ‘हल्ला गरेर केही हुँदैन।’ त्यसैगरी, देउवाले वर्तमान सरकारमा दलहरूबीच कुनै समस्या नभएको र वर्तमान गठबन्धन २०८४ सम्म कायम रहने बताएका छन्। पार्टीको सम्मेलन उद्घाटन गर्न धनगढी पुगेका देउवाले कांग्रेसको आगामी महाधिवेशन समयमै बताए ।


0 comment