काठमाडौं - नेपालका लागि क्याटरपिलर हेभी इक्विप्मेन्टको आधिकारिक विक्रेता बतास ट्रयाक्टर्स प्रालिले हाइड्रो सेगमेन्टका ग्राहकलाई केन्द्रित गरी ग्राहक सम्मेलन आयोजना गरेको छ ।
क्याटरपिलरको मेसिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी ग्राहकको सहभागिता थियो । क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोसेल्स इन्डियाका सीआई प्रमुख दीपक जोलीले क्याटरपिलरका मेसिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकामा ग्राहकको विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन् ।
कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्लले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम् प्रगति प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको प्रस्ट्याएका छन् ।
सम्मेलनमा हालै क्याटरपिलर मेसिनरी खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण पनि गरिएको छ । जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी र वन्दन भगवती निर्माण सेवाजस्ता कम्पनी समावेश छन् । कार्यक्रममा गेनवेल कमोसेल्स इन्डियाका सेल्स हेड आनन्द झाले क्याटरपिलर मेसिनरीहरूको प्राविधिक विशेषता, लागत दक्षताबारे विस्तृत जानकारी दिएका छन् । जसमा ३२०डी३ जीसी, २०-टन, २३-टन, र २५-टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडरजस्ता मोडेल समावेश छन् ।
गेनवेल कमोसेल्स इन्डियाका बिक्री तथा प्रबन्धक निर्देशक मुकुल दीक्षितले मुख्य आकर्षण रहेको जीसी सिरिज मेसिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्नेबारे जानकारी दिँदै यस सिरिजले भारतमा हेभी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफूलाई प्रमाणित गरी सकेको बताएका छन् ।
क्याटरपिलरले चौबीसै घण्टा सर्भिस र स्पेयर पार्टस् समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानमा पनि मेसिनरीको परिवहनका लागि डिस्मान्टलिङ र हेलिकोप्टर लिफ्टिङजस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका जानकारी दिइयो ।
बतास ट्रयाक्टर्स प्रालिका प्रबन्धक निर्देशक शान्तराज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशीला रहेको र क्याटरपिलर मेसिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए । सम्मेलनमार्फत हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रह गरिएको छ ।


0 comment