काठमाडौं - अभिनेत्री रेखा थापालाई लिजेन्ड प्रोपर्टीले ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा जग्गा विकास आयोजना गरी बिक्री-वितरण गर्दै आएको लिजेन्डले ब्रान्ड एम्बेस्डरको रुपमा थापालाई नियुक्त गरेको हो ।
‘अहिलेको अवस्थामा जुनढंगले सबैको विश्वास जित्दै अघि बढिरहेका छौं । यसले हामीलाई हौसला प्राप्त हुँदै गएको छ,’ लिजेन्ड प्रोपर्टी उपाध्यक्ष पूर्णबहादुर लिम्बूले भने ‘नायिका थापाको साथले हाम्रा आयोजनाहरुलाई ग्राहक समक्ष पुर्याउन थप मद्धत पुग्नेमा विश्वस्त छौं ।’
अभिनेत्री थापाले सरकारले बनाएको स्मार्ट सिटीको धारणालाई लिजेन्ड प्रोपर्टीले पूरा गरिरहेको भन्दै खुसी व्यक्त गरिन् । ‘पछिल्लो समय अस्तव्यस्त रुपमा विस्तार भइरहेको सहरीकरणका कारण सहरको स्वरुपनै कुरुप मात्र भएको छैन जोखिम समेत बढिरहेको छ,’ उनले भनिन्, ‘यस्तो बेलामा लिजेन्डले व्यवस्थित सहर निर्माण गरी सहरमा सबैको घर भन्ने सपनालाई पूरा गरिरहेको छ ।’
विभिन्न बैंकले समेत साथ दिइरहेकाले लिजेन्डको प्रोपर्टी खरिद गर्दा कुनै पनि ग्राहकलाई ठगिने र चर्को शुल्कले थिचिन्छ भन्ने भ्रमसमेत चिर्न सफल हुने उनको भनाइ छ । उनले परियोजना निर्माण गर्दा सडक, बत्ती र ढलका कामहरुमा सरकारले साथ दिएमा जग्गाको मूल्य घट्न सक्ने भएकाले यसमा सरकारलाई विशेष ध्यान दिनसमेत अनुरोध गरिन् ।
लिजेन्डले काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, दक्षिणकाली नगरपालिकास्थित चाङ्लाखेल र काभ्रेको बालुवामा जग्गा विकास आयोजना सञ्चालन गरिरहेको छ । भक्तपुरको पलासेमा रहेको रिखेटार पाखो जग्गा विकास आयोजना २८५ रोपनीमा फैलिएको छ । यो आयोजनाको ८५ प्रतिशत जग्गा बिक्री भइसकेको छ ।
सिपाडोलमा रहेको भाइरल जग्गा विकास आयोजना करिब ४०० रोपनी छ । यो आयोजनाको ७५ प्रतिशत जग्गा बिक्री भइसकेको छ । चागुनारायण नगरपालिकाको कलामशे जग्गा विकास आयोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङका लागि खुला गरिएको छ । यो आयोजना ७० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
त्यसैगरी दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माण भइरहेको जग्गा विकास आयोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा छ । यहाँ ६५ रोपनीमा आयोजना बन्दै छ । काभ्रेको बालुवामा रहेको नयाँ गाउँ जग्गा विकास आयोजना करिब २४० रोपनीमा फैलिएको छ । यो आयोजना स्वीकृति र निर्माणको प्रक्रियामा छ । यसैगरी अर्को आयोजना पर्यटकीय क्षेत्र कास्कीको पोखरामा समेत विस्तार गरिँदै छ ।


0 comment