काठमाडौं - चिनियाँ विज्ञले यस वर्षको अन्यसम्ममा कोभिड-१९ महामारीको समाप्त हुने दाबी गरेका छन्।  चीनका चर्चित चिकित्सक एवम् संक्रामक रोग विशेषज्ञ झाङ वेन्होङले चिनियाँ मिडिायामार्फत सो दाबी गरेका हुन्।

‘कोभिड महामारीको लागि सम्भवत यो अन्तिम जाडोयाम हो’ चीनको मिडिया ग्रुपसँग शनिबार वेनहोङले भनेका छन्, ‘हालसम्मको अध्ययनले ओमिक्रोन भेरियन्टपछि कोभिड-१९ ले रुप परिवर्तन हुने देखाएको छैन। त्यसैले कोभिड-१९ महामारी सन् २०२२ को अन्त्यसम्ममा समाप्त हुनेमा म पुर्ण रुपमा विश्वस्त छु ।’

५२ वर्षीय विज्ञ झाङले महामारीको सुरुवात देखि नै चीनको कोभिड महामारीविरुद्ध लडेका थिए।