काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमै कार्यसम्पादन विवरण नबुझाएकाले शून्य अंक प्राप्त गरेको प्रस्ट पारेका छन् ।

तनहुँमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ ? यसमा पनि त्यही भएको हो ।’

विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने समेत उनले बताए ।

सरकारलाई आवश्यकता भएको बेला कर्मचारी हटाउन सक्ने प्राब्धान हरेको भन्दै मन्त्री खड्काले उनलाई हटाएन कुनै चलखेल नगरेको दाबी गरे। कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्‌मा विपक्षी दलहरुले प्रश्न गरे बमोजिम सभामुखले रुलिङ गरिसकेका छन् ।