नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। आइतबार धनुषामा माओवादी तराई-मधेस जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्।
प्रधानमन्त्री ओलीको कार्यकालको मूल्याङ्कन गर्दै अध्यक्ष दाहालले भने, ‘सरकारको कार्यसम्पादनमा ओलीले उत्तिर्णाङ्क पनि प्राप्त गरेका छैनन्, त्यसैले उनले राजीनामा दिनु पर्ने छ।’ उनले ओलीको शिक्षकमाथि गाली गर्ने र आफैँ अनुत्तीर्ण हुने आरोप पनि लगाए।
२८ प्रतिशत मात्र ल्याउने प्रधानमन्त्रीलाई पदमा बस्न मिल्दैन दाहालले भने, ‘ तपाईंको क्याबिनेटको कार्यसम्पादन मूल्याङ्कनमा २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल भइसक्नु भएको छ।’
साथै, उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै शिक्षा, कर्मचारी र व्यवस्थापनसँग सम्बन्धित मुद्दामा सरकारको असफलता र राष्ट्रलाई थप ऋणमा डुबाउने आरोप पनि लगाए।


0 comment