काठमाडौं- नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आइतबारको बैठकमा उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
मन्त्री चौरसियाले विधेयकको मुख्य उद्देश्य कानुन व्यवसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना रहेको उल्लेख गर्दै, कानुन विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको पाठ्यक्रम मापदण्ड निर्धारणसम्बन्धी प्रावधानसमेत विधेयकमा समावेश गरिएको जानकारी दिए।
उनले कानुन विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित रहेको जानकारी दिए ।


0 comment