काठमाडौं - जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा जसपालाई विभाजन गराइएको आरोप लगाएका थिए।
केन्द्रीय समितिको आइतबारको बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले यादव अमेरिका भ्रमणमा रहेकै बेला पार्टी फुटाएको स्मरण गराए । १२ सांसद रहेको जसपा गत वैशाखमा विभाजन भएको थियो । जसपा विभाजनपछि अध्यक्ष यादव पक्ष प्रतिनिधिसभामा पाँच सिटमा सीमित भएको छ ।
यसैबीच अध्यक्ष यादवले सत्ताप्रतिको मोहका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको आरोप लगाएका छन् । उनले प्रचण्डको जालझेल, षड्यन्त्र र अस्थिर अभिव्यक्तिले सरकारको विश्वासमा कमी ल्याएको बताए ।
प्रचण्डको निरन्तर महत्त्वाकांक्षी दृष्टिकोण र समय समयमा आएका राजनीतिक खेलहरूले उनका सरकारलाई कमजोर बनाएको अध्यक्ष यादवको भनाइ थियो ।


0 comment