काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाईप्रति आफूले कुनै महत्त्व नदिएको बताएका छन् ।
प्रेस सेन्टर मोरङद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले उनलाई कसैले बोल्न लगाएको हुन सक्ने आशंका व्यक्त गरे । यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असंभव नभएको दाहालको भनाइ थियो । पार्टीभित्र आन्तरिक मनमुटाव केही नभएको पनि अध्यक्ष दाहालले दाबी गरे ।
दाहालले वर्तमान सरकार गठननै अस्वाभाविक, अप्राकृतिक र कृतिम रहेको र उनीहरु ०८४ सम्म बसेपनि कुनै टेन्सन नहुने बताए। । ‘अहिले सरकार ढाल्ने र सरकार बनाउने खेलमा विल्कुलै छैनौँ, उनले भने,‘अहिलेको सरकार आफ्नै बोझले दबिन्छ ।’ दाहाले आउँदो ०८४ सालमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन नहुने स्पष्ट पारे ।


0 comment