काठमाडौं - राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद्बाट प्रधानमन्त्री बनेर चौतर्फी विकास गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले पुनः राजा बन्ने चाहना त्यागेर पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई ०८४ मा हुने चुनावमा भाग लिन सुझाव दिए। निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बनेर देशको चौतर्फी विकास र समृद्धि कायम गर्न उनले आग्रह गरे।
राजनीतिक पार्टीका नेताहरूले देशको विकास गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित नहुने गौतमको भनाइ थियो।
'राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन,' उनले भने, 'तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्।'
निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास गरी देखाइदिन पनि गौतमले आग्रह चुनौती दिए।


0 comment