काठमाडौं - उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्न अब पनि ढिलाई गर्न नहुने बताएका छन् ।
सहरी विकास मन्त्रालयमा आइतबार बसेको काठमाडौं उपत्यका भौतिक विकास समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित गर्न काम सुरु गर्नुपर्ने बताएका हुन् ।
विगतका कमजोरी सच्याउन समय लागे पनि काम भने अघि बढाउने उनको भनाइ थियो ।उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरलाई व्यवस्थित गर्न सहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए ।
काठमाडौं कुनै बेला उर्वर कृषि भूमि रहेको भन्दै उनले अहिले अव्यवस्थित र कुरुप सहरका रुपमा विकसित हुन पुगेकामा चिन्ता व्यक्त गरे ।अघिल्ला सरकारले गर्न नसकेका राम्रा कामलाई यो सरकारले पूर्णता दिने उनले बताए ।


0 comment