काठमाडौं - एभरेस्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिएकाइ एक हजार रुपैयाँका दरमा ३० लाख एकाइ ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख एकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी १२ लाख एकाए सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेस्ट बैंक डिबेन्चर २०९१’ जारी गर्न लागेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।
यो ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभए चैत ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ एकाइदेखि अधिकतम १२ लाख एकाइसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


0 comment