काठमाडौं - ताप्लेजुङमा केबुलकार बनाउने र नबनाउने विषयमा यसका पक्षधरबिच आपसी द्वन्द्वको स्थिति पैदा भई केबुलकार बनाउन हुन्न भन्ने जनतालाई राज्य पक्षबाट गोली बर्साइएको र घाइते बनाइएको घटनामा राष्ट्रीय मातृभुमी पार्टीको निर्णय अनुसार पार्टीका वरिष्ठ नेता बरिष्ठ क्याप्टेन केबि लिम्बुले विज्ञप्ती जारी गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, नेपाल आर्थिक विषयमा व्यवस्थापकीय दक्षता र दूरदर्शीताको अभावमा कमजोर भएपनी अध्यात्मको विषयमा नेपाल विश्वगुरु हो । अर्थ पेटसित सम्बन्धीत छ, धर्म चेतना, दृष्टि, मन र मुटुसँग सम्बन्धीत छ । अध्यात्म र विज्ञान छुट्टा–छुट्टै विषय भएकोले एक विधाले अर्कोको स्वतन्त्र अस्तित्वमाथि बल, धन, राज्यशक्ति, सामथ्र्यको अहंकारले हस्तक्षेप गर्नु सर्वसत्तावादी मनोवृत्ति हो । धर्मको आस्था मानव–निर्मित पैसामा खरिदबिक्री हुने विनिमयको वस्तु हुन सक्दैन । अर्थात धर्म पैसाले खरिद गर्न सकिन्न किनकि यो पैसाभन्दा माथि छ जसरी राष्ट्रियता, पितृत्व, मातृत्व, भक्तिभाव परमपूज्य छन् र स्वर्गभन्दा माथि छन् ।
ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा सबै शारीरिक अवस्थाका तीर्थयात्रीलाई आवतजावतमा सहज बनाउन केबलकार बनाउने विषय तीर्थस्थलको अवस्थिति र अध्यात्मको अलौकितताको मापदण्डसँग सामञ्जस्य हुने नदेखिएकोले यस आयोजना सदाका लागि बन्द गरी राज्यको प्राथमिक ध्यान तीनै अशक्तहरुको सामाजिक–आर्थिक–साँस्कृतिक कल्याणको लागि मुखारित बनोस् भन्ने राष्ट्रीय मातृभुमी पार्टीको धारणा छ ।
राष्ट्रीय मातृभुमी पार्टीले जारी गरेको विज्ञप्ती



0 comment