काठमाडौं - गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’गठन गर्ने बताएका छन् ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले उक्त जानकारी दिएका हुन् । ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छु गृहमन्त्रीले भने, त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु।’
जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर आफू सधैँ लागिपरेको गृहमन्त्रीको भनाइ थियो।


0 comment