काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सांसद वर्षमान पुनले अध्यादेशलाई ल्याएर संसद्लाई किन होच्याएको ? भनि गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन समेत आग्रह गरे ।आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको उनले उल्लेख गरे ।
२०८० वैशाख २० गते संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको स्मरण गराउँदै अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो भनि व्यङ्ग्य गरे।
प्रधानमन्त्री ओलीले कसैको पार्टी फुटाउने र जोड्ने आफ्नो काम नभएको बताउँदै कसैको पार्टी फुटाउने धेयले नल्याएका स्पष्ट पारे । राम्रा हुँदा हुँदै पनि अध्ययादेशको प्रतिपक्षीले किन विरोध गरेको भन्दै ओलीले प्रतिप्रश्न गरे ।
ओलीले भने, ‘त्यसबेला मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र ?,’त्यसरी त यसमा किटान गरेका छैनौं ।’


0 comment