काठमाडौं - नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले सत्तारुढ दलसँग छलफल नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन्।
उनका अनुसार अध्यादेश ल्याउने विषयमा एमाले र एमालेबाट मन्त्री बनेकाहरूले छलफल नगरी निर्णय गरेकाले अहिलेको परिस्थिति उत्पन्न भएको हो।
यद्यपि संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरू छलफलमा रहेको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले समेत दलहरूबीच विस्तृत छलफल गरेपछि मात्र अध्यादेश ल्याइनुपर्ने धारणा राखेको विश्वकर्माले उल्लेख गरे।
सरकार प्रतिस्थापन विधेयकमार्फत अध्यादेशका केही विषय संशोधन गर्न लचिलो बनेको पनि उनले जानकारी दिए।


0 comment