काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई आफ्नो पार्टीले पारित हुन नदिएको दाबी गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम नेकपा (एकीकृत समाजवादी) ले गरेको बताउँदै सबैलाई यसबारे हेक्का राख्न चुनौती दिए।ओलीले ल्याएको अध्यादेश अहिले थन्किएको भन्दै अध्यादेश पारित हुन नदिन सफल भएको नेपालको दाबी थियो।

अध्यादेश रोक्नका लागि नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्दै विभिन्न राजनीतिक दलहरूसँग वार्ता चलिरहेको जनाउँदै उनले  अझै पनि संसद् विघटनको प्रयास भइरहेको बताए।उनले नेकपा (एमाले) लाई 'केपी बाको' पार्टीको रूपमा चित्रित गर्दै एमाले अब कम्युनिस्ट पार्टीको चरित्र गुमाएको आरोप लगाए।