काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानलाई सदन र सडक दुबै माध्यमबाट निरन्तर अघि बढाइने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) दमक नगर समिति, झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई शनिबार सम्बोधन गर्दै उनले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्धको अभियान चलाएको स्मरण गराउँदै अब पार्टीकै तर्फबाट यो अभियानलाई देशव्यापी रूपमा तीव्र बनाइने बताए।
अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई अझै तीव्र पार्दै समाजवादी क्रान्तिको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
'मैले प्रधानमन्त्रीका रूपमा भ्रष्टाचार र विभेदविरुद्ध तथा सुशासन र सामाजिक न्यायका पक्षमा अभियान थालेको थिएँ। अहिले यो अभियान सरकारबाट मात्र होइन, अब पार्टी र जनताको साझा आन्दोलनको रूपमा अगाडि बढ्नेछ,' प्रचण्डले भने। उनले केही शक्तिहरू संविधान कमजोर पार्न खोजिरहेको आरोप समेत लगाए।


0 comment