काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासी नेत्रप्रसाद चापागाईँलाई पराजित गर्दै भट्टराई विजयी भएका हुन् । 

८२२ मत खसेकोमा चापागाईँले ७१ मत पाएका थिए। यद्यपि  प्रवासको केही मत जोड्न बाँकी छ।

९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो । यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भइसकेकी छन् । माघ २९ गते नेतृत्व चयनका लागि मतदान भएको थियो ।

अन्तिम मतपरिणाम अहिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक  गरिने नेसपा (नयाँ शक्ति) ले जनाएको छ ।