काठमाडौं - अघिल्लो दिन १.८६ अंकले बढेको नेप्से आज ७.२६ अंकले घटेर २६ सय ७८.४७ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.५२ अंकले घटेर चार सय ४९.८८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीको ७८ हजार ८ सय ३५ पटकको कारोबारमा १ करोड ५८ लाख ७५ हजार १ सय ५२ कित्ता सेयर ७ अर्ब ९२ करोड १३ लाख ९ सय ८२ रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा तीनवटा समूहको सूचक बढेर बाँकीको घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक ५१.७१ अंकले बढेर २७ सय ९६.१० अंकमा चढेको छ । लघुवित्त समूहको सूचक पनि ८.८९ अंकले बढेर ५ हजार १ सय ३७.१० अंकमा चढेको छ । यसैगरी लगानी समूहको सूचक पनि ०.५५ अंकले बढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने आज ३.११ अंकले घटेर १३ सय ४५.२१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ५५.७४ अंकले घटेर ५ हजार ७ सय ९१.४५ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि ३४.७८ अंकले घटेर ३ हजार ७ सय ९८.१२ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि १९.२० अंकले घटेर १३ हजार १९.४५ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि १ सय १३.७६ अंकले घटेर १२ हजार ८ सय ६३.९६ अंकमा झरेकामा होटेल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ३८.८५, ३३.१५, ०.०१, २.१६ र ०.४२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा मातृभूमि लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।