काठमाडौं - विश्वका शक्तिशाली मुलुकहरुले धेरै देशहरुमा खुफिया एजेन्सी स्थापना गरेर आफ्ना जासुसमार्फत ती देशहरुको गोप्य सुचना लिने गर्दछन् । भारतले 'रअ', पाकिस्तानले 'आईएसआई', अमेरिकाले 'सिआईए' जस्ता शक्तिशाली र खतरनाक खुफिया एजेन्सी सञ्चालन गरेर विभिन्न देशका गोप्य सुचना संकलन गर्छन् । राजसंस्थाको अन्त्य पछी नेपालको राजनितिमा चीनले पनि सक्रीय चासो देखाउन थालेको छ । चीनको शक्ती र नेपालप्रतिको सक्रीय भूमिकालाई विशेष गरी भारत र अमेरिकाले व्यापक रुपमा आफ्ना एजेन्सीमार्फत निगरानी बढाएको देखिन्छ ।
नेपालको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म सिमाना जोडिएको छिमेकी मुलुक भारत नेपालको हरेक क्षेत्रमा संलग्न छ । नेपालको न्यायालयमा, प्रशासनमा, प्रहरी संगठनमा, उद्ध्योग व्यापारमा, सबै राजनितिक पार्टी र संगठनमा बलियो रुपमा उपस्थित हुने गरेको छ । नेपालको सत्ता समिकरणमा भारतको प्रमुख भूमिका रहन्छ, नेपालको सरकार कती टिक्छ, त्यो भारत निर्भर छ । भारत नेपालमा जे पनि गर्न सक्छ, चाहेको बेला सरकार ढाल्न सक्छ, चाहेको बेला प्रधानमन्त्री फेर्न सक्छ । कतिसम्म भने दुई ठाउँबाट चुनाव हारेका माधव कुमार नेपाललाई २०६७ सालमा प्रधानमन्त्री नै बनाईदियो ।
संविधानले परिकल्पना नगरेको, नेपाली जनताको भावना विपरित, तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाएर संविधान सभाको चुनाव गराईदियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि भारतकै भरमा राष्ट्रपति भएका हुन् । भारत आफ्नो स्वार्थ अनुसार कती बेला कसलाई र कस्तो पात्र प्रयोग गर्छ कसैलाई थाहा हुँदैन । प्रहरीका उच्च हाकिमहरु, उच्च कर्मचारी, उच्च पदस्थ नेताहरु समयानुकुल प्रयोग गर्दै आएको छ ।
पछील्लो एक दशक यता अपत्यारिला पात्र उमाकान्त गिरीलाई प्रयोगमा ल्याएको पाइन्छ । उमाकान्त गिरी आफुलाई कहिले पत्रकार, कहिले शिक्षक त कहिले व्यापारी भनेर चिनाउने गर्छन् । तर गिरी भारतीय दुतावासको प्रथम श्रेणीको कर्मचारी भएको बुझिएको छ । गिरी अहिले भारतीय 'रअ' को निर्देशनमा काम गरिरहेको बुझिएको छ । दिल्ली र हेडक्वार्टरबाट गिरीको नाम गोप्य रुपमा नेपालका प्रधानमन्त्री, राष्ट्रपति, प्रधानन्यायाधीश, प्रधान सेनापति र सरकारका मुख्य सचिवलाई टिपाउने गरिन्छ ।
गिरीलाई जरुरी पर्दा देशका प्रमुखलाई डाइरेक्ट हटलाईनमा फोन गर्ने गर्छन् । गिरीको अनुरोधलाई प्रधानमन्त्री हुन् या प्रधानन्यायाधीश कसैले टार्न सक्दैनन् । विभिन्न दलका नेतालाई गिरी आफ्नै ढंगले कुनै वहाना गरेर सम्पर्क गर्छन् । आफुलाई केहि नजानेको जस्तो, सानो र नम्र भएर प्रस्तुत गर्छन् जो कोहिसँग । एक प्रहरी अधिकृतका अनुसार प्राय शक्तिशाली देशले यस्तै पहुँच भएका तर पत्याउन नसकिने व्यक्ती प्रयोग गर्छ । निर्देशन पनि त्यस्तै हुन्छ । सबैले चिने सबैको चासो हुने र काम गर्न गाह्रो हुने हुँदा अन्य कसैलाई आफ्नो बारेमा भन्दैनन् ।
गिरी कतिबेला कोसँग नजिक हुन्छन् कतिबेला टाढा हुन्छन् बुझ्न सकिँदैन । काँग्रेसका दोस्रो तहका युवा नेतालाई पहिला उचालेर पछी पछारेको आरोप पनि गिरीलाई लाग्ने गरेको छ । गिरी आफ्नो घर वरिपरिबाट कुनै सवारी चढ्दैनन् । बाटो पनि सधैँ एउटै प्रयोग गर्दैनन् । भारतसँग निकट सम्बन्ध बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई दिल्लीमा राजदुत बनाएर पठाउन खोजेपनी गिरीले नमानेको वालुवाटार स्रोत बताउँछ ।
गिरी कुनै औपचारिक कार्यक्रममा सहभागी हुँदैनन् । गिरी नेता, पत्रकार, नियोगका कर्मचारीलाई एक्ला एक्लै भेट्ने गर्छन् । गिरीको सोझोपन देखेर गिरीसँग धेरै नजिकिन नहुने एक काँग्रेस नेता बताउँछन् । पछी गिरीको कुरा नमान्दा भित्र भित्र सिद्ध्याएको पत्तो नहुने ती नेताले बताए । गिरीको बारेमा भारतसँग जोडेर धेरै राष्ट्रीय मिडियामा समाचार आएपनी गिरीलाई कुनै सरकारले छुन सकेको छैन । गिरीलाई चलाउन खोजे सरकार नै धरापमा पर्ने भयले सबै सरकार र पार्टीले उनलाई सम्मान गरेको पाईन्छ । गिरी दलाली, तस्कर र विचौलियासँग टाढा बस्छन् । कुनै पनि काम पैसामा डिल गर्दैनन् । आर्थिक कारोबारको विवादमा गिरी पर्न चाहँदैनन् । नेपालको अस्थिर राजनितिमा गिरीको सक्रीयता डरलाग्दो छ । गिरीको हाउभाउ र सरलता उदेकलाग्दो छ । हाम्रा संवाददाता हरी न्यौपानेले भारतीय दुतावासबाट निस्कँदै गर्दा गिरीको फोटो लिन खोज्दा उनी मास्क लगाएर पन्छिएका थिए ।


0 comment