काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, हिजो एक हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर एक हजार ९७५ रुपैयाँ कायम भएको छ ।