काठमाडौं - साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेर रोकिएको छ । अघिल्लो दिन ४.४५ अंकले घटेको नेप्से परिसूचक आज पुन ११.६४ अंकले घटेर २६ सय ९९.८१ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.५५ अंकले घटेर ४ सय ५४.४९ अंकमा झरेको छ । नेप्सेमा आज ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता सेयर ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ रुपैयाँमा खरिद बिक्री भए ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा फाइनान्स समूहको सूचक ४२.४४ अंकले बढेर २७ सय २२.३९ अंकमा चढेकामा बाँकी समूहहरुको सूचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४.७७ अंकले घटेर १३ सय ५९.११ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ८९.५४ अंकले घटेर ५ हजार ७ सय २५.४४ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि १४.६२ अंकले घटेर ३ हजार ८ सय २३.५१ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक २२.१४ अंकले घटेर १३ हजार १ सय ६७.३४ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ५९.६६ अंकले घटेर १३ हजार १ सय २१.१० अंकमा झरेको छ । होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहहरुको सूचक पनि क्रमशः २५.२२, ०.४२, २९.०६, ३०.९२, ०.११, २२.५७ र ४.९५ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा अपर लोहोरे खोला हाइड्रो पावर कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने साहस ऊर्जा लिमिटेड पहिलो स्थानमा परेको छ ।