काठमाडौं - अघिल्लो दिन १४.०८ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज पनि ४.४५ अंकले घटेर २७ सय ११.४५ अंकमा झरेको छ ।
यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.०७ अंकले घटेर ४ सय ५६.०४ अंकमा झरेको छ । नेप्सेमा आज ३०९ वटा कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३ सय ५ रुपैयाँमा खरिद-बिक्री भए ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ५ समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक १ सय ४३.८९ अंकले बढेर २६ सय ७९.९५ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि १.६१ अंकले बढेर ३ हजार ८ सय ३८.१३ अंकमा चढेको छ ।
यसैगरी, निर्जीवन बिमा समूहको सूचक पनि २५.३३ अंकले बढेर १३ हजार १ सय ८०.७७ अंकमा चढेको छ । यीबाहेक सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः ०.१८ र ६.०५ अंकले बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक भने आज ३.६५ अंकले घटेर १३ सय ६३.८९ अंकमा झरेकामा विकास बैंक समूहको सूचक ५३.६४ अंकले घटेर ५ हजार ८ सय १४.९९ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक ४१.८४ अंकले घटेर १३ हजार १ सय ८७.३६ अंकमा झरेकामा होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमश: ३३.०९, ०.२६, ५९.४४, १३.७६ र ६२.९२ अंकमा झरेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थानमा परेको छ ।


0 comment