काठमाडौं - पछील्लो २४ घण्टामा नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर २ हजार ९२० जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ११ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप कुनै पनि संक्रमितको मृत्यु भएको छैन। 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १३३ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।