सन २०२२ मा अमेरिकाको ब्यापार घाटा  भण्डै ९५२ मिलियन डलर थियो भने २०२३ मा त्यो घटेर झण्डै ७७४ मिलियन डलर भएको थियो र सन २०२४को तेश्रो त्रैमासिक सम्म आउदा अमेरिकी ब्यापार घाटा २३४ विलियन डलर रहेको तथ्यांकले देखाएको छ । अमेरिकी ब्यापारघाटालाई नाफामा ल्याउन त्यति सजिलो देखिदैन त्यसैकारणले होला अमेरिकी डलरको अन्तराष्ट्रिय मान्यतामा प्रश्न चिन्ह उठन थालेको छ भने ब्रिक्स समुहका राष्ट्रहरुले त अव आआफनो ब्यापार आफ्नै मुद्रामा गर्ने अभियाननै शुरु गरेका छन जस्लाइ अंग्रेजीमा Dedollorization भन्ने गरिन्छ । किन आयो अमेरिकाको यस्तो दिन जव महाशक्ति मानेको अमेरिका अव आफै America First भन्ने नारा उचाल्न वाध्य भयो । यस्को अर्थ कतै अमेरिका आफुले आफैलाई नै विश्वाश नगर्ने अवस्था आएको त होइन भन्ने प्रश्न विश्वब्यापि रुपमा उठेको छ अहिले । 
किन आयो यस्तो अवस्था ?    
दोश्रो विश्व युध्द पश्चात महाशक्ति वनेको अमेरिकाको धुननै विश्वबाट समाजवादलाई लखेटने रह्यो । त्यसैको कारण अमेरिका भियतनाम र कोरिया युध्दमा सामेल भयो तर दुवै युध्दमा चीनसंग हार ब्योहर्यो । सोभियत संघ र पूर्वि यूरोपेली समाजवादको जरो उखेल्न अमेरिका सफल त भयो तर त्यो समाजवादी घर ढाल्दा उठेको धुलो रुपी अन्तराष्ट्रिय आप्रवासन र वेरोजगारको समस्याले यूरोप र अमेरिकालाई नराम्ररी फसायो । अमेरिकी अर्थतन्त्र उधो लागेकै कारण अमेरिकाले अफगानीस्थान बाट पनि कुलेलम ठोक्नु पर्यो । अव युक्रेनबाट पनि कुलेलम ठोक्नु पर्ने दिन आउदै छ । इज्रायलबाट पनि हात झिक्न लागेको देखेरनै त्यहा चलिरहेको इज्रायल हमास युध्द रोकिने अवस्था आएको छ । 
सोभियत संघको विघटन संगै अमेरिकाले नै विकाश सहयोग राजनीति वन्द गरी Trade Not Aid भनेको थियो ।  किनकी उस्लाई समाजवादी देशहरुसंग प्रतिष्पर्धा गर्न नपरेरै उस्ले त्यस्तो भन्यो । तर अमेरिकाले सोचे विपरित विश्व ब्यापार संगठनकै सदस्यता लिएर चीनले विश्व वजारलाई आफनो पकडमा लिन सफल भएपछि अमेरिकाको सातो गयो ।  चीनको ब्यापार वचतले ४० खरव डलर नाघेपछि र त्यस्लाई अन्तराष्ट्रिय रुपमा लगानी गर्ने BRI परियोजना लिएर चीन अघिसरे पछि त्यस्लाई चुनौति दिन अमेरिका पुन MCC को Grant Regime मा फर्कियो तर त्यस्ले झन अमेरिकालाई आर्थिक रुपमा थला पार्ने स्पष्ट भएपछि अव अमेरिका नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छो वाउको अनुहार भन्ने स्थितिमा पुगेको छ । हिन्द प्रशान्त रणनीति र यस्को अंगको रुपमा रहेको एमसिसि पनि खारेज गर्न ट्रम्प उध्दत हुन सक्छन । 
एकातिर अमेरिका डिभि भन्दै विभिन्न देशका नागरिकलाइ अमेरिकामा स्थायी वसोवासकोलागि लग्ने गर्छ, अर्को तिर गैरकानूनी आप्रवाशन भन्दै विदेशीहरुलाई लखेटन पनि शुरु गरिसकेको छ । किन यस्तो दोहोरो चरित्र ? किनभने अव अमेरिकामा ब्यापारघाटाको मात्रै नभै बेरोेजगारको समस्या पनि वढने देखिएको छ । सन २०२४ को अन्त्यमा आइपुग्दा अमेरिकामा बेरोजगारको संख्या ४ प्रतिशत नाघिसकेको छ । 
अर्को तर्फ समाजवादी चिनको स्थिति भने दिनपरदिन दह्रो हुदै गइरहेको अवस्थामा अमेरिकाको आर्थिक पुनरजागरण नहुने हो भने यस्को महाशक्तिको ताज केहि वर्ष भित्रै खोसिने देखिएको छ । त्यसले गर्दा राष्ट्रपति ट्रम्प अमेरिका फस्ट भन्न वाध्य भई कडा रुपमा प्रस्तुत भइरहेका छन् । अव खर्च गर्ने भन्दा वचत गर्ने तर्फ उनी अग्रसर छन । संयुक्त राष्ट्रसंघ र यसका विशिष्ट एजेन्सिलाई दिदै आएको अमेरिकी योगदान काटिने भएपछि अव कतै संयुक्त राष्ट्रसंघनै वन्द हुने त होइन भन्ने आशंका पनि मडारिन थालिसकेको छ । अमेरिकाको खस्किदै गएको स्थितिको कारण विश्वब्यापी शक्ति सन्तुलन भत्किने छाट उस्तै छ । त्यसैले यतिखेरको अमेरिकाको स्थिति भनेको मच्चियो मच्चियो थच्चियो नै हो ।