काठमाडौ - शहिद गंगालाल अस्पताल भारतपछि दक्षिण एशियामा दोस्रो मुटुको सफल सर्जरी गर्ने अस्पतालको रुपमा परिचित छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा गंगालाल अस्पताल अस्पतालका अध्यक्ष प्रदिप पौडेलले गंगालाल अस्पतालले कार्य सम्पादनमा स्वायत प्राप्त गरेकाले नै विशिष्ट उपचार प्रदान गर्न सकेको बताउँदै सरकारले यसमा नीतिगत सहयोग गरेको बताए । 

शहिद गंगालाल हृदयरोग केन्द्रको २९ औ वार्षिकोत्सवमा उनले बक्यौता भुक्तानी समय मै गरिने र आर्थिक पक्षबाट पूर्वाधार निर्माणमा सहयोग गर्नेमा जोड दिए । उनले सातै प्रदेशमा मुटु सेवा विस्तार गर्न गंगालालले प्रयास गर्नु पर्ने समेत बताए । 

केन्द्रका संस्थापक सदस्य सचिव डा. आवनी भुषण उपाध्यायले डा. अरुण सायमी र आफुले स्थापना र संचालनमा गरेको विगतको इतिहास संस्मरण गर्दै अझै धेरै प्रयास गर्नु पर्ने बताए ।

शहिद गंगालालका कार्यकारी निर्देशक डा. रवि मल्लले वि.सं २०५२ सालमा स्थापना भएको अस्पतालको इतिहास बताउँदै तत्कालिन प्रधानमन्त्री मनमोहन र वरिष्ट चिकित्सक प्रा. डा. मृगेन्द्र. राज पाण्डेयको अस्पताल स्थापनामा ठूलो योगदान रहेको बताए । हार्ट टु हार्ट नेपालले पहिले गंगालालमा काउन्सेलिङ शुरु गरेकोमा अहिले गंगालाल आफैँले नै गर्ने बताए ।

वरिष्ट सर्जन डा. रामेश कोइरालाले देशले हृदय रोग चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताउँदै नेपाली चिकित्सकलाई विदेश पलायन हुन नदिने वातावरण तयार गर्न आग्रह गरे ।

समारोहमा डा. रवि मल्ल, वरिष्ट नर्सिङ सुप्रभाइजर विद्या कोइराला जोशी, रोजी शाक्य, तुलसा केसीले दीर्घकालीन सेवाकालागि सम्मानित भए । उक्त समारोहमा मन्त्री प्रदिप पौडेलले मृगेन्द्र चिकित्सा गुठी, हिमालयन बैंक, लक्ष्मी सनराईज बैंक समेत्ल्लाई सम्मानित गरेका थिए