सोभियत संघ विस्तारवादी नभएर अफगानीस्तान नछिरेको भए यसको आर्थिक अधोगति हुन्थ्यो न टुक्रा टुक्रामा विखण्डन नै । छिमेकीको घर भत्काउदा आफनो घरमा धुलो आउँछ भन्ने सामान्य ज्ञान नभएका  आलाकाँचाहरु जब राजनीतिक नेतृत्वमा आउछन अनि देश अधोगति तर्फ लाग्छ भन्ने उदाहरण ९० को दशकमा सोभियत संघले देखाए जस्तै यो नयाँ सहश्राब्दीको तेश्रो दशकमा अमेरिकाले त्यस्तै छाँट देखाउदै छ । 
खतराहरु यस प्रकारका छन् 


१) युक्रेनलाई रुस विरुद्ध अमेरिका र यससँग आवद्ध राष्ट्रहरुले उचाले तर युद्ध लम्विदै जाँदा अव युक्रेन भालुको कम्पट हुन पुगेको छ । छोडु भियतनाम र कोरिया युद्धमा हारे झै हार्ने लक्षण देखिइसक्यो न छाडनु अमेरिकी अर्थब्यवस्थाले त्यस युद्धलाई कति दिन धान्ने हो कसैलाई थाहा छैन । न अमेरिका र यससँग सम्वद्ध राष्ट्रहरुलाई नै थाहा छ । युक्रेनी शरणार्थीको बोझ जर्मनी लगायत अन्य यूरोपेली राष्ट्रहरुले कति दिन सम्म बोक्ने हो थाहा छैन । यस युद्धको कारण आएको आर्थिक मन्दिले सिंगै विश्वलाई गाजेको छ । लगानीको वातावरण ठप्प हुँदा नेपाल जस्तो देशमा समेत बैकहरुसँग भएको तरलता बढेर आर्थिक ब्यवस्था चलाएमान हुन सकेको छैन ।


२) हमास र पेलेस्टिनी विरुद्ध अमेरिकाले इज्रायललाई उचाल्यो । इज्रायली दमनको कारण हजारौ बालबालिकाले मात्रैले ज्यान गुमाएनन सिंगै पेलेस्टिनी क्षेत्र तहसनहस त भयो तर इज्रायलले जित हासिल गर्न सकेन अव तहसनहस भएको ती क्षेत्रको पुर्ननिर्माण कसले गर्ने भन्ने जवाफ कोहिसँग पनि छैन । यसले अमेरिकाको विश्वव्यापी रुपमा निन्दा भएको छ अतिक्रमणकारीको रुपमा । 


३) झट्ट हेर्दा अमेरिका भनेको Land of upportunity हो, अझै महाशक्ति हो तर यसले व्यहोरेको ठूलो ब्यापारघाटाको कारण आफैहरुले खडा गरेको विश्व ब्यपार संगठनको नियम कानून मिचेर ब्यपार गर्न खोज्दा चीनसंग अमेरिकाको ब्यापार युद्ध चलिरहेको छ । यो कुन दिन सामरिक युद्धमा वदलिने हो कसैलाई केहि थाहा छैन ।  
४) अमेरिका महाशक्ति भएकै कारण अमेरिकन डलरले विश्वव्यापी मान्यता पाएको हो । तर अमेरिकी अर्थब्यवस्थाले घुडा टेक्ने छाँट देखाएपछि त्यसको विश्वब्यापी मान्यतामा असर पुग्नु स्वभाविकै हो । अव हामी अमेरिकी डलरमार्फत किन ब्यपार गर्ने हाम्रो आफ्नै मुद्रालाई एक अर्काले मान्य बनाऔ र अमेरिका डलरको ब्यवहारलाई परित्याग गरौ, कम गरौ  Dedollorization भनेर ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका र खाडीका केहि मुलुकहरु जस्ता उदियमान अर्थतन्त्रले भन्न थाले पछि अमेरिकीहरुको सातो जानु स्वभाविकै हो ।  त्यसो भयो भने अमेरिकी साख कति गिर्ने हो कसलाइ के थाहा ?


५) अमेरिका फस्ट भन्नु सबै अमेरिकी राष्ट्रवादीहरुको लागि राष्ट्रिय स्वार्थको कुरा हो तर यसो भनिरहँदा ग्रिनलैण्ड (डेनमार्क), पानामा, क्यानडाको स्वतन्त्र अस्तित्व माथि धावा वोल्नु, अनि आप्रवासीहरु प्रति कडारुपमा प्रस्तुत हुन खोज्नुले अमेरिका विरुद्ध सिंगै विश्व जनमत उभिने स्थिति देखा पर्दैछ । 
६) मानवअधिकारको पक्षपाती भनेर चिनिने अमेरिकामा गर्भपतनको अधिकार मानवअधिकार भित्र पर्छ वा पर्देन भन्ने कुराले रडाको मच्चाइरहेको छ । यसको उचित निकासा दिन सकिएन भने त्यहाँ हिंसा चर्किन सक्छ । जबजब अमेरिकी नेतृत्वले निकासा दिन सकेन तबतब त्यहाँ राष्ट्रपतिको हत्या हुने गरेको छ । यस्तो घटना नदोहोरियला भन्ने ग्यारेन्टी कसले दिने ? 


के ट्रम्पले आफ्नो कार्यकालमा यसता कुराहरु सल्टाउन सक्लान त ?