काठमाडौं - अमेरिकाको भर्जिनिया चान्टिलीमा रहेको एउटा होटल बाहिर पोखरीमा कार डुब्दा कारमा रहेका २ जनाको मृत्यु भएको त्यहाको प्रहरीले जनाएको छ ।
फेयरफ्याक्स काउन्टी प्रहरीले सेन्टरभ्यू ड्राइभमा रहेको एक होटल नजिकै हिउँमा चिप्लिएर कार दुर्घटना भएको समाचार छ ।
मृत्यु हुनेमा कार चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्ट रहेको सीएनबीसी वासिङटनले जनाएको छ ।अरु विवरण आउन बाँकी छ ।
कार १० फिट गहिरो पोखरीमा फसेको थियो। उद्धार टोली कारमा पुग्दा उनीहको मृत्यु भईसकेको त्यहाॅको प्रहरीले जनाएको छ ।



0 comment