काठमाडौं - बाल गायक सचिन परियारको निधन भएको छ। 

परियारको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि अस्वस्थ थिए । 

सानै उमेरमा लोक गित र दोहोरी गित गाएर चर्चा कमाएका सचिनको स्वास्थ्यमा समस्या आएपछि एक हप्ताअघि अस्पताल भर्ना गरिएको थियो ।