काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीसमेत रहेकी प्रतिनिधि सभा सांसद निशा डाँगी र संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्दधनमा बाधिएका छन । 


डा.मुकुल ढकाल निशालाई लिन विराटनगरदेखि निशाको घर झापा पुगेका हुन । 
डा ढकाल र डाँगी लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । 


विवाह समारोहमा रास्वपाका नेताहरू पनि सहभागी भएको जनाइएको छ । डा. ढकालको विवाहमा रास्वपाका सभापति रवि लामिछाने पनि सहभागी हुने भनिएको थियो तर अहिले सभापति रवि सहभागी नभएको स्रोतले बताएको छ । डा.मुकुल ढकाललाई रास्वपाले कारवाही गरी पार्टीबाट निकालेको थियो ।