काठमाडौं - भारतीय सुप्रसिद्ध गायिका आशा भोसलेको निधन भएको छ ।  चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका छन् ।

९२ वर्षकी भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी पछिल्लो समयसम्म पनि गायन क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् ।

भारतीय संगीत उद्योगकी एक प्रतिष्ठित व्यक्तित्वका रूपमा चिनिने आशा भोसलेले पार्श्व गायनमा असंख्य अविस्मरणीय गीतहरू दिएकी थिइन्। ‘नये दौर’ देखि ‘तीसरी मंजिल’, ‘हरे रामा हरे कृष्ण’ देखि ‘उमराव जान’ र ‘इजाजत’ हुँदै ‘रंगीला’सम्म उनका गीतहरूले समय, पुस्ता र परिवेशलाई पार गर्दै श्रोताको मन जितिरहे। शरीर नश्वर भए पनि उनको स्वर भने सदैव अमर रहनेछ।