काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयसस र एसिया क्षेत्रीय निर्देशक डाक्टर पुनम क्षेत्रपाल शिंहले ललितपुरस्थित पाटन उच्च माध्यामिक विद्ध्यालयमा सञ्चालित खोपको निरीक्षण गरेका छन् ।
ललितपुर महानगरपालिकाद्वारा सञ्चालित उक्त खोप कार्यक्रममा १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप लगाउने महानगरपालिकाले जानकारी दिएको छ ।
विश्व स्वास्थ सङ्गठनका म्हानिर्देशको यो भ्रमण नेपालको लागि निकै फलदायि हुन सक्ने र विश्व स्वास्थ सङ्गठन र ललितपुर महानगरपालिका मार्फत नेपाल सरकारका भविष्यमा हुने कार्यक्रममा थप सहयोग प्राप्त हुने आशा लिन सकिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।
कार्यक्रममा डा. टेड्रोस र डा. पुनमले खोपको लागि आएका बालबालिका र स्वास्थकर्मीसँग खोपको विषयमा जिज्ञासा राखेका थिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भ्रमणमा आउनु भएका अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।
0 comment