नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।