गर्मीको महिनामा चिसो पानीले नुहाउनुको आनन्द नै फरक हुन्छ । चिसो पानीले नुहाउँदा गर्मीको महसुस कम हुन्छ । तर चिसो पानीले नुहाउनूको फाईदा यति मै मात्र सिमित छैन । चिसो पानीले तपाईको दिमागलाई पनि ठण्डा बनाउँछ । त्यस्तै तपाईको शरीरमा रहेको युरिक एसिडलाई चलायमान बनाउँदै विभिन्न चोट –पटकबाट लागेका खतमा बस्ने ब्याक्टेरियालाई हटाउन समेत भूमिका खेल्छ । 

यसबाहेक पनि चिसो पानीले शरीरमा गर्ने फाइदा धेरै छन् । प्रजनन् क्षमता वृद्धि पुरुषको प्रजनन् क्षमतामा चिसो पानीले वृद्धि ल्याउने एक अध्ययनको दाबी छ । यदी तपाईलाई बच्चा चाहिएको छ भने चिसो पानीले नुहाउने गर्नुहोस् । ठीक उल्टा, तातो पानीले पुरुषको प्रजनन क्षमता घटाउँछ । प्रभावकारी रक्तसञ्चार ध्यानपूर्वक चिसो पानीको मज्जालिनुहोस् । जब तपाईको शरीरको छालामा चिसोपानीले स्पर्श गर्छ । त्यति बेला छुटै आनन्द आउँछ । याद गर्नुहोस् यस्तो समयमा तपाईको रक्तसञ्चार  निकै प्रभावकारी भइरहेको छ । रोग प्रतिरोधक क्षमता बढाउँछ –यदी तपाई ह्वाइट ब्लड सेल बढाउन  चाहनुहुन्छ भने चिसोपानीले नुहाउनुहोस् ।

 चिसो पानीले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । पाचनशक्ति बढाउँछ । तपाई जब चिसो अवस्थामा हुनुहुन्छ तब आनन्द दायक महसुस गर्नुहुन्छ । त्यस्तै तपाईको शरीरले पनि चिसो अवस्थामा आफै ताप बढाउँछ । त्यसपछि मेटावोलिजमको वृद्धि हुन्छ । चोटले पीडा कम गर्छ  तपाईले धेरैभन्दा धेरै काम गर्नुहुन्छ भने तपाईको शरीरुले आराम खोज्छ । त्यस्तो अवस्थामा दुर्घटना  हुनसक्छ तर चिसो पानीले नुहाउनाले शरीरलाई फेरि तार्जगी मिल्छ । अतिरिक्त फाइदा चिसो पानीले नुहाउनाले शरीरको भित्री पीडामा कमी आउँछ । यसले कपाल स्वस्थ रहन्छ भने किड्नीले समेत राम्ररी काम गर्छ ।