विरुद्ध भोजन भनेको हामीले खानमिल्ने खानेकुराहरू खाँदा शरीरलाई पोषण गर्न कुन समयमा खाने, कसरी बनाएर खाने, कुनकुन चिजसँग मिलाएर खाने, मौषम, अवस्था तथा मिसावट बारे हेक्का राख्नु अनिवार्य हुन्छ । खाने कुराहरूको मौषम, शारीरिक अवस्था, रोग, मनोदशा, परिस्थिति, मिसावट आदिको ख्याल नगरी खाँदा शरीरलाई प्रतिकुल अवस्था सिर्जना गर्दछ भने त्यस्तो भोजनलाई विरुद्ध भोजन भनिन्छ । भोजनमा पोसक तत्व विद्यमान हुन्छ तर शरीरभित्र गएपछि प्रतिकूल अवस्था पैदा गर्दछ भने, त्यस्तो अबस्था र मिसावटको खानालाई बिरुद्ध भोजन भनिन्छ ।
केही विरुद्ध भोजनको बारेमा जानाकारी राखौ बिरुद्ध भोजनका अवस्था र ख्यालगर्नु पर्ने कुराहरु, नगर्नु नखानु नखुवाउनु, प्रयोग नगर्नु भनि हाम्रो प्रकृति, सनातन सस्कृति र विज्ञानले प्रमाणित गरेका छन् ।
१. भाँडाको गुण विरुद्ध भोजनः
तामा, पित्तल, काँशको भाडामा अमिलो खाद्य पदार्थ, चिल्लो र दूध नखानु । सिल्टीको भाडामा कुनै खाने चिज नपकाउनु,या प्रयोग नगर्नु । प्रेशरकुकरमा खाना नपकाउनु, माटाको भाडा, तामा, पित्तल कासको भाडामा खाना पकाउनु स्वास्थ्य व्रद्र्धक छ । ल्पाष्टिकका भाडामा कुनै तरल पदार्थ प्रयोग नगर्नु, पानी नपिउनु । तामा,चरेस, माटाका भाडा र पातका टपरी प्रकृति र शरिर संगत छन ।
२. मिसावट(संयोजन) विरुद्ध भोजनः
क) तातो र चिसोसँगै नखानु, खिर र खिचडीसँगै नखानु । प्याज र दूध साथमा नखानु, मासको दाल र दहि संगै नखानु । महलाई धेरै तातो चिजमा नमिसाउनु नतताउनु, दूध र दही मिसाएर एकै पटक नखानु ।
ख) कोदो, मुङ्ग, मास, गहतको साथमा दूध नपिउनु ।
त्ुालसी, सितलचिनीको साथमा दूध नखानु, भुँइकटहर, जामुनको साथमा दूध नखानु , मूला, धनियाँ, लसुनको साथमा दूध नपिउनु, केराको तरकारीसँग दही नखानु, अण्डा र अमिलो एकै साथमा नखानु, कुखुराको मासु र दही नखानु ।
ग) बडहरको फलको साथमा दही, मासको दाल, मह र गुड नखानु, माछासँग दूध, दही विरुद्ध छन् ।
घ) भिण्डी र करेला साथ नपकाउनु नखानु । मासको दाल र गुड विरुद्ध छन् । भिण्डी र मूला साथामा नखानु । पाकेको कटहर खाएपछि पोलेका मकै या खरानी लागेका खानेकुरा तथा चुनाका मिश्रण भएका खाना नखानु, पान नखानु ।
ङ) चिल्लो भोजनको साथमा चिसो पानी विरुद्ध छ, अर्थात चिल्लो पदार्थ खाएको बखत भुलेर पनि चिसो पानी नपिउनु, तातो पानी पिउनु पाचनमा सहयोग गर्दछ ।
च) बंगुरको मासु र बयर विरुद्ध छन् । पोइसाग खादा अंगुर र अंगुरबाट बनेका कुनै रस औषधि नखानु ।
छ) खाली पेटमा र पकाएको भोजनका साथमा काचो आँप नखानु, दूध र सतुवा साथमा नखानु । दूध र मूला नखानु ।
३ भोक र समय विरुद्ध भोजन ः
पेट साफ रोग खलास, शरिरको महामन्त्र हो, खाना खाने समय र खाएको फाल्ने समय प्रकृति संगत मिल्नु पर्दछ । समयमै खाएको खाना शरिरको संरचनाले निकाल्ने समय पुग्दा बित्तिकै शरिरबाट बाहिर निकाल्दछ, जस्तै, विहान ८ बजे देखि १० बजे, बेलुकी ६ देखि ७ बजे भोक बेला हुन् । यो बेला खाना खानु शरिरको पोषण हो भने, भोग मरिसकेपछि या समय टलेर खाएको भोजन विरुद्ध भोजन हो । नखानु बरु उपवास बस्नु । समयमै खाने बानी गर्नाले पेट सदा साफ हुन्छ ।
समयको ख्याल, स्वरको काम, जीवन जीउनुको सार्थकता हो । खाना खाएर चुठिसकेपछि फेरी पुन प्रसादको नाममा खाना लिनु विरुद्ध छ । अर्थात् खाना नपच्दै पुन थोरै पनि खानु हुँदैन समय, विरुद्ध भोजन हुन्छ ।
४) महिना या ऋतु विरुद्ध भोजनः
भोजन नै जीवन हो, प्रकृति महान छ हरेक कुराको नियम प्रकृतिले स्वयम् बनाएको हन्छ । खाना पनि त्यही अनुसार फली तयार भएका हुन्छन् । हाम्रा पुर्खा तपश्वी, ज्ञानि ध्यानि ऋषि महर्षि तथा मानव सस्कृतिले खानाको महान महिमा मानि महिना अनुसारका चाड पर्वको पनि व्यवस्था गरी सोही अनुसार खानाको संस्कृति स्थापित भएको छ ।
क) वसन्त ऋतु बिरुद्ध भोजनः
समयले प्रकृति र सबै जीवमा प्रभाव पार्दछ, नया पालुवा पलाउने समयमा सबै जीवको अबस्था पनि प्रकृतिसंगै बदलिरहेको हुन्छ । त्यस बखत गरिष्ठ, चिल्लो, गुलियो र अमिलो भोजन विरुद्ध छन्, प्राकृतिक आहार, हल्का खाना र रसाहारले शरिको पोषण प्रदान गर्दछ ।
ख) ग्रीष्म ऋतु बिरुद्ध भोजनः
जेष्ठ,आषाढको महिना गर्मि र पहिलो बर्षाको समय हो, गरिष्ठ, चिल्लो, गुलिया, तारेका, भुटेका, बासी, माछा, मासु, फ्रिजका खाना विरुद्ध भोजन हुन् ।
ग) बर्षा ऋतु बिरुद्ध भोजनः
गरिष्ठ, चिल्ला, तारेका, भुटेका, बासी, माछा, मासु, सूर्यास्तभोजन, खुल्ला पानी, विरुद्ध भोजन हुन् ।
घ) शरद ऋतु बिरुद्ध भोजनः
दशैँ तिहार चाड पर्वको ऋतु हो । अमिलो स्वादका खाना, तारेका, भुटेका, बासी खाना विरुद्ध भोजन हुन । उपसना यस समयको पोषण हो ।
ङ) हेमन्त ऋतु बिरुद्ध भोजनः
हल्का खाना खानु चिसो पानी पिउनु ऋृतु विरुद्ध छ । उपसाना बस्नु पनि बिरुद्ध छ । पौष्टिक भोजन पेटभर खानु नै स्वास्थ्य रक्षाको लागि राम्रो हो ।
च) शिशिर ऋतु बिरुद्ध भोजनः
हल्का खाना खानु, भोकै बस्नु, चिसो पानी पिउनु, तितो टर्रो खाना विरुद्ध छन् । कन्दमुल, सर्बअन्न, सर्बदाल र सुख्खा सागहरु पेटभर खानु पोषण हुन ।
क्रमस.....



0 comment