काठमाडौं - बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ४५ दशमलव ८८ अङ्कले बढेको छ ।
दिनभर स्थिर अवस्थामा रहेको सेयर बजारले अन्तिम समयमा सकारात्मक बाटो लिँदा नेप्से परिसूचक १. ७१ प्रतिशतले बढेर २ हजार ७ सय १५ दशमलव ८१ अङ्कमा पुगेको हो । बुधबार बजारमा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार २११ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै २९ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचकमा उत्साहजनक वृद्धि भएपनि आज कुनै पनि कम्पनीको सेयरमा सकारात्मक सर्किट भने लागेको छैन ।
आज सबैभन्दा धेरै न्यादी पावर कम्पनीले ९. ९७ प्रतिशत र कुथेल भुकारी स्मल हाइड्रोपावरको ९. ६२ प्रतिशत वृद्धि हुँदा खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ९. ९९ प्रतिशत घटेको छ ।
आज बजारमा १ करोड १३ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । बैङ्किङ समूह सबैभन्दा बढी ३. ४३ अङ्कले बढेको छ ।


0 comment